Gold
Bangad salyan

भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराजको मृत्यु

फागुन १४

काठमान्डौ – भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे आज निधन भएकाे छ । ८२ वर्षकाे उमेरमा उनको निधन भएको हो।

आचार्य वि.सं.  १९९९ सालमा हालको चौबिसे गाउँपालिका-४ स्थित धनकुटाको कुरुले तेनुपाको गैरीगाउँमा जन्मिएका थिए ।

बिगत केही दिन उनि बिरामी रहेको परिवारजनले बताएको हो ।आचार्यको स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि ललितपुरकाे नख्खुमा रहेकाे मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो ।

उहाँकाे शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।
आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चाेट दिन्छ्याै देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाएका छन भने थुप्रै भजन, राष्ट्रिय गीत गाएका छन।उनको निधनले सिङ्गो गीत संगीत क्षेत्र स्तब्ध बनेको छ।