Gold
Bangad salyan

दुर्गा प्रसाईका बडि गार्ड हतियार सहित पक्राउ

चैत ५

काठमाडौं – नागरिक बचाउ अभियानका संयोजन दुर्गा प्रसाईका बडि गार्ड हतियार सहित पक्राउ परेका छन।

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।