Gold
Bangad salyan

ब्याक्ति १ नागरिकता ३ करोडौ ठगि गर्दा पक्राउ ,,

रंग दर्पण २२ माघ -सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्री समेत भनेर चिनिने २९ वर्षीय युवक छन् यो नाम यौटै च्याक्तिको हो यानिको उनको नाम मा तिन ओटा नागरिकता छन् उनले विभिन्न नामबाट नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएर १४ जनालाई अमेरिका पठाइदिने, भारतीय सेनामा जागिर लगाइदिने लगायतका आश्वसन दिएर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पीडितको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आइतबार काठमाडौंको गकेर्णेश्वरबाट पक्राउ गरेको हो ।सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले दिएको जानकारी अनुसार उनले १५ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

‘उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले अझै बढी ठगी गरेको हुनसक्छ’, श्रेष्ठले भने, ‘उनीबाट अन्य कोही पनि ठगिएको भए ब्यूरोमा सम्पर्क राख्न अनुरोध छ ।’

उनीबाट ठगिएका अधिकांश सामाजिक सञ्जालबाट परिचय भएका व्यक्ति छन् । उनले ३ वटै नामबाट विभिन्न बैंकमा खाता खोलेको समेत खुलेको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतमा विभिन्न व्यक्तिहरुबाट ४ करोड ९५ लाख रुपैयाँ ठगी गरेको अभियोग समेत पेश भएको सीआईबीले जनाएको छ ।