Gold
Bangad salyan

धादिङ अस्पतालमा कार्यरत डाक्टर प्रतिभा मृत फेला

चैत १६

काठमान्डौ – धादिङ अस्पतालमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्।

घर विदामा आएकी उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको अनुसंधान भैरहेको प्रहरी वृत कालिमाटीले जनाएको छ।