Gold
Bangad salyan

रंग दर्पण म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

जेठ २२

काठमान्डौ – रंग दर्पण म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्पन्न भएको छ।

गत १९ गते शनिबार प्रमुख अतिथि माननीय सोविता गौतम सांसद प्रतिनिधि सभा ,विशेष उपस्तिथिमा वरिष्ठ सर्जक दुर्गा रायमझी , वरिष्ठ निर्देशक उज्वल केसि , लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्व अध्यक्ष पि एन सापकोटा ,वरिष्ठ रंग पत्रकार शान्ति प्रिय ,समाजसेवी गायक तथा निर्माता लक्ष्मन श्री सहित थुप्रै समाजसेवि गायक गायिका पत्रकारहरुको उपस्तिथिमा सम्पन्न भएको हो।

कार्यक्रमका निर्देशन  वरिष्ठ निर्देशक दिपेन्द्र तिमलसेना ,युवा पुस्ताले पछिल्लो चरणमा रोजाईमा राखेका संगीतकार अनिस दवाडी , निर्देशक कोरियोग्राफी चित्र मास्की लगायतले व्यबस्थापन सहजीकरण  गरेका थिए ।

सामाखुशी २६ कुक्कु भेन्युमा भएको उक्त कार्यक्रमको उदघोषक राजेश बर्देवाले गरेका थिए । टप पाँचमा पर्न सफल ४० बिधाका मनोनयन कलाकारहरुलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो।