Gold
Bangad salyan

पत्रकार महासङ्घको असार २२ गते मतदान हुने

असार ९

काठमान्डौ – नेपाल पत्रकार महासङ्घको आउँदो असार २२ गते महाधिवेशन मतदान हुने भएको छ।

महासंघसंले २२ गते मतदान गर्नेगरी महासंघको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको हो।

चुनावी कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि त्यही दिन गरिने छ ।

उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।

यसअघि असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने महासङ्घको निर्वाचन समितिले जनाएको छ ।