Gold
Bangad salyan

उपत्यकाका खोला नालामा पानीको सतह बढेपछि सुरक्षा सतर्कता तयारीमा

काठमान्डौ – हिजो देखि परेको अविरल बर्षाले उपत्यकाका खोला नालाको जलसतह बढेपछि सुरक्षा सतर्कता अपनाईएको छ।

काठमान्डौ उपत्यकाका उपरीक्षक दिनेशराज मैनालीका अनुसार  उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।

वाग्मती ,विष्णुमती,सामाखुसी ,हनुमन्ते , मनहरा, सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको उनले जानकारि गराए।

बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्न सक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको उन को भनाई छ। असार २२