Gold
Bangad salyan

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन समेत दिईएको छ। असार २८