Gold
Bangad salyan

हनि ट्र्याप कनेन्सनमा प्रहरी निरीक्षककै संलग्नता पछि निलम्बन

असोज २०

काठमान्डौ – गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

व्यवसायीलाई ‘हनी ट्रयाप’ पार्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ घुस लिएको आरोपमा गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको हो।

बला’त्कार मुद्दामा फसाई दिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस गरिएको थियो ।