Gold
Bangad salyan

कोहलपुरमा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गर्ने ६ जना प ,क्राउ

कार्तिक १

बॉके  -२७ असोज र २८ मा बॉके कोहलपुरस्थित होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा एक १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका छन् ।