सहकारी ठगमा पक्राउ परेका रवि लामिछानेलाई आज अदालत पेश गरिदै
काठमान्डौ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज अदालत पेश गरिने भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको थियोे ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु अर्थात् जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
राई अहिले पनि फरार छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी भने गएको असोज ६ गते पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । कार्तिक ४

