Gold
Bangad salyan

बेलहिया–बुटवल सडकखण्डमा बन्ने आकासे पुलको निर्माण कार्य अलपत्र

२४ श्रावन
बेलहिया–बुटवल सडकखण्डमा बन्ने आकासे पुलको निर्माण कार्य अलपत्र परेको छ । महादेव खिम्ती एसियाटिक महेस जेभीकम्पनी ले आकासे पुल निर्माणको ठेक्का पाएको थियो तार कम्पनिले काम नगर्दा आकासे पुलको निर्माण कार्य अलपत्र परेको हो ।
गृहमन्त्री रामबहादुर थापाले लापरवाहीपूवर्क काम गर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा गरेपछि केहि दिन कम तिब्रगतिमा गरेपनि पुल तोकिएको समयमा निर्माण हुन सकेको छैन ।
बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाले १० वटा आकासे पुल निर्माण कार्यका लागि १२ करोड ४८ लाख ५२ हजार २ सय ४८ रुपैयाँ लागत लाग्ने अनुमान गर्दै ठेक्का आह्वान गरेको थियो ।निर्माण कम्पनीले सन् २०१७ साल २९ मार्चमा १० वटै आकासे पुल निर्माणका लागि ११ करोड ११ लाख १५ हजार दुई सय २५ रुपैयाँमा आयोजनासगँ सन् २०१८ जुलाई २८ तारिखमा (१५ महिनामा) सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।उक्त मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मि श्र आकासे पुल निर्माण कम्पनीको म्याद अवधि समाप्त भएको बताउँदै अबको ६ महिनामा १० वटै आकासे पुलको निर्माण कार्य सम्पन्न हुने दाबी गरे । कम्पनीले म्याद थपको लागि दिएको निवेदनको प्रक्रियामा रहेको बताउँदै उनले थपिएको म्यादभित्र काम सम्पन्न नभए कारवाही गरिने बताए ।