Gold
Bangad salyan

रवि लामिछानेविरुद्ध काठमान्डौमा पनि पक्राउ पुर्जी जारी

काठमान्डौ – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ।

यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। मंसिर २