बाजुराका १२० परिवार भूकम्प पीडित दुई दिनबाट भोकै सरकार बन्यो अन्धो
बाजुरा – बाजुरामा भूकम्पले घर भत्केका १२० परिवार रातभर खेतबारीमा भोकै नाङगै बसेका छन।
गत शुक्रवार बिहान ४:१४ बजे जगन्नाथ गाउँपालिका– ५, गोत्रीलाई केन्द्रविन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले घर भत्काउँदा १२० परिवार घरबाहिर छन् ।
भूकम्पको दुई दिनसम्म खानेकुरा उपलब्ध नगराएको राज्यले सबै पीडित परिवारलाई एक–एक थान त्रिपाल र कम्बल पनि दिन सकेको छैन ।
आइतबार जिल्ला प्रशासन कार्यालयले ५०–५० थान तथा जिल्ला रेडक्रस शाखाले नौ–नौ थान त्रिपाल र कम्बल मात्रै उपलब्ध गराएका छन् ।
जब कि वडा कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार बिहारडाँडामा ३७, दर्जीटोलमा २५, बामनज्युलामा २०, तल्लो गोत्रीमा १८, माथिल्लो गोत्रीमा ११, खैरेनी झारघटमा आठ र पारिगाउँमा एउटा घर जोखिमपूर्ण अवस्थामा छन् ।
माटो र ढुंगाबाट बनेका घरहरू कतिपयको गाह्रो खसेको, कतिपयको गाह्रो चिराचिरा परेको तथा कतिपयको छानोसहित खसेको अवस्था छ । जोखिमपूर्ण घरबाट परिवारहरू बारीमा विस्थापित भएका छन् ।
गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयबाट ५० थान त्रिपाल र ५० थान कम्बल पालिकामा प्राप्त भएको बताए । साँझ ५ः३० तिर मात्रै त्रिपाल र कम्बल आइपुगेकोमा भूकम्पपीडितहरूलाई बाँड्न थालिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयबाट ५० थान त्रिपाल र ५० थान कम्बल पालिकामा प्राप्त भएको बताए । साँझ ५ः३० तिर मात्रै त्रिपाल र कम्बल आइपुगेकोमा भूकम्पपीडितहरूलाई बाँड्न थालिएको उनले बताए ।
भूकम्प पीडितमा सुत्केरी र बाल बच्चाहरु समेत धेरै भएको खुलेको छ। चिरा र छत नभएका घरहरुमा बस्न मिल्दैन तर उनिहरु भने जोखिम मोलेर घरभित्र पसेर लत्ता कपडा निकाल्न थालेका छन। पुस ८

