Gold
Bangad salyan

कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानले आफैले बोकेको पेस्तोलले टाउकोमा हाने गोलि

पुस १३

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानले आफ्नै टाउकोमा पेस्तोलले गोलि प्रहार गरेका छन।

अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनले किन गोलि प्रहार गरे भन्ने भने अनुसंधान भैरहेको प्रहरी श्रोतले जनाएको छ।