Gold
Bangad salyan

हात्तीको आक्रमणबाट महिलाको मृ,त्यु

पुस १८

झापा – झापाको कचनकवल गाउँपालिका-७ स्थित दिपज्योती सामुदायीक वनमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

पुस १७ गते दिउँसो १२ बजे स्थानीय ३४ बर्षीया केलाबत्ती राजवंशी दिपज्योति सामुदायीक वन क्षेत्रमा घाँस दाउरा काट्न गएको बेला उनलाई हात्तीले आक्रमण गरेको थियो।

अचानक जंगली हात्ती आई हात्तीले आक्रमण गर्दा घाईते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।