Gold
Bangad salyan

निलम्बित सांसद रवि लामिछाने पुगे सभामुख देवराज घिमिरेलाई भेट्न

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् ।
भेटवार्तापछि रवि लामिछानेले सांसदहरुलाई सिंहदरबारस्तिथी दलको कार्यलयमा छलफलको लागि बोलाएका छन।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । माघ १८