Gold
Bangad salyan

प्रचण्डको तिब्रता शहिद परिवारसंग भेटघाट र चुनावी क्षेत्रमा आवतजावत

तनहुँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए ।

हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्त्वपूर्ण काम गर्यौँ, जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्यौँ ।

उनले अगाडि भने हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुङ्गो लगाएका छौँ आयोग बनाएर बाँकी काम पूरा गर्न सङ्घर्ष गर्छौं’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।

भेटमा सहिद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले सहिद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुङ्ग्याउन ध्यानाकर्षण गराएका छन्। फागुन ९