बिर्ख बिश्वकर्मा खत्रा कलाकार रहे च सजाय हुनुपर्छ : गायिका टीका सानू
फागुन १०
काठमान्डौ – गायिका टीका सानुले बिर्ख बिश्वकर्मा सजाय हुनु पर्ने माग राखेकी छिन।
क्यान्सर पिडित भनीएका बिर्ख बिश्वकर्मा अहिले आएर क्यान्सर पिडित नभएको खुकेको रहस्य बाहिरीएको छ। यो पछि उनले बिर्खलाई म्यासेज गर्दा पनि रिप्लाई नभएको बताएकि छिन।
उनले बिर्खले जन्ता हामि सबै कलाकारलाई झुक्याउने महा कलाकार रहेछन। मैले धेरै सहयोग पनि उठाईदेको थिए । यो बदमासले अन्य बिरामीलाई समेत अफ्टेरो पर्ने र सहयोग उठाउन नसकिने बताउँदै बिर्खलाई सजाय हुनु पर्ने बताएकि हुन।
सबैमा नमस्कार !
म आज निक्कै दुखी छु ,
हिजो देखि सामाजिक सन्जालमा आयका गायक बिर्ख बिस्वकर्माकोबारे समाचार टिकाटिप्पनी देखेर तीन छक्क परेको छु ।
उन्ले ११ महिना अघि म बिरामी भय भनेर मलाई धेरै कल गरे लौन दिज्यु म थला परे मलाई उद्दार गर्दिनुपर्यो भन्दै!
मेरो कार्यब्यस्तताले म तुरुन्तै उनी भयको ठाँउमा पुग्न सकिन फोन पनि उन्ले चाहेकोबेला उठाउन सकिन ,
पछि उन्ले मेरो साथी धनमाया र बहिनी हुमालाई फोन गर्न थालेछन sms गर्न थालेछन म सुटिङबाट फर्किदा राति हुन्थ्यो एकदिन कोठामा पुग्दा धनु र हुमा ले बिर्खको बारेमा धेरै कुरा बताय समय मिलायर छिट्टै भेटेर केही आर्थिक सहयोग गर्न र सहयोगको अपिल गर्दिन अनुरोध गरेपछी मैले भोलिपल्ट सुटिङ जानुभन्दा पहिले नै गयर भेटे म भेट्न जादा उनी उठ्न पनि नसक्ने अबस्थामा भेटिय मैले आफ्नो ब्यक्तिगत तर्फबाट केही पैसा दियर सहयोग अपिलको भिडियो खिचे भिडियोमा उन्ले रुँदै धेरै कुरा गरे उन्का केही कुराले म पनि सङ्गै रोय उक्त भिडियो युट्युबमा राखिदिय ।
भिडियो हेरेर धेरै को कल sms आउन थाल्यो मैले सबैलाई बिर्ख लाई सिधै सम्पर्क गर्न अनुरोध गरे किनकी म मेरो आफ्नै साङ्गितिक कर्म मा ब्यस्त थिय । पैसा राम्रै उठेको जस्तो लाग्छ तर आज आयर एसरि झुट हो भन्नी साबित हुदाँ मलाई मान्छे चिन्न नसकेकोमा र बिस्वास गरिहालेकोमा ठूलो पछुतो छ । म मार्फत जोडियर सहयोग गर्नुहुने केही ब्यक्तिहरु हुनुहुन्छ उहाँहरुको नाम लेखिन ,तर म हजुरहरु सङ्ग माफी माग्छु । आउदा दिनमा एस्ता गल्ती म बाट हुनेछैन । बिर्ख भाइलाई मैले sms पठाय रिप्लाई भयन तेसैले यो स्टाटस मार्फत नै केही लेख्दैछु ।
नमस्कार भाई !
हजुरको बारेमा मिडियामा आयको कुरा खास के हो ? भाई ?
मत कति मन देखि सहयोग गरेकि थिय हजुरको काराण ले बास्तबिक पिडित हरुलाई पनि कति नराम्रो असर पर्छ सोच्नु त?
पैसा को लागि एस्तो गिर्नु राम्रो होइन भाई कुनै दिन साच्चै समस्या पर्दा समाधान नहोला ।
मत तपाई सहि होकि गलत छुट्ट्याउनै सकिन ति आँसु तेसै कसरि झर्न सक्छन मनमा पिर नपरि ? ?
म हजुरलाई भेट्न आउँदा खाटबाट उठ्न नसकेको दुबै खुट्टा थरथरी कमायको नाटक होत? बाँटा भरी रगत त्यो पनि नाटक हो? तपाईत कलाकार लाई नै झुक्काउने खत्रा कलाकार रहेछ । आफ्नो पारिवारिक सदस्य कोहि छैन भन्नुहुन्थ्यो अहिले श्रीमती र छोरा भयको खुल्न आयो के मनसायले एति धेरै झुट बोल्नुभयो ?
यदि यी सबै कुरा झुट हुन भने तपाइले ठूलो सजाय भोग्नुपर्छ
म सङ्ग बोल्नुहोस न ।

