बनगाड कुपिन्डे ११ पाँचरे ठुलोखोलाको जङ्गलमा बाघले ९ बाख्रा मार्यो
फागुन ११
सल्यान – सल्यानको बनगाड कुपिनडे नगरपालिका वाडा न; ११ पाँचरे ठुलाखोला शामुदायिक बनमा बाघले ९ वटा बाख्रा मारेको छ।
हिजो बाघले आक्रमण गरेर ४ घरका ९ वटा बाख्रा मारेको हो। स्थानिय मोहन पुन, मदन पुन ,धन बहादुरको बाख्रा मारेको मिलन रानाले बताए ।
ठुलाखोलाको जङ्गल स्थानियको गाई बाख्रा चरण गर्ने थलो हो। बाघले बाख्रा मारेपछि स्थानियलाई हिड डुल गर्न गारो भएको छ भने गाई वस्तु चराउने डर त्रास देखीएको छ।
दैनिक जस्तो गाई वस्तु चराउने दाउरा घाँस गर्ने जङ्गलमा धेरै बर्ष पछि बाघले बाख्रा मारेपछि स्थानीय संगै छिमिके गाउँ माझकाडा , आपचौर हिड्न त्रास देखीएको छ।

