राजसंस्था पुनस्थापनाका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखियो
काठमान्डौ – राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।
उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले जनाए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।
सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । अहिले प्रहरी उनको घर वरपर परिचालित छ । चैत १६

