Gold
Bangad salyan

सुर्खेत छिन्छु घटना संकास्पद कडा अनुसंधान गर्न आफन्तको माग

बैशाख २२

सुर्खेत- भेरीगंगा नगरपालिका १२ झिगेनारा खोलामा आइतबार बिहान भेटिएकी महिलाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतक गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली रहेको खुलेको हो।

प्रहरी प्रवक्ता तथा डिएसपी मोहनजंग बुढाथापाका अनुसार, शवको पहिचान घटनास्थलमा पुगेका आफन्तले गरेका हुन्।

ओली शनिबारदेखि हराइरहेकी थिइन् भन्ने आफन्तको भनाइ छ।
रत्न राजमार्ग अन्तर्गत छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झण्डै एक किलोमिटरको दूरीमा पानीमा घोप्टो परेको अवस्थामा प्रेमा ओलीको शव फेला परेको हो।

घटना संकास्पद देखिएको घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्का, डिएसपी बुढा र इलाका प्रहरी कार्यालय छिन्चुको टोली पुगेको थियो।

सुरुमा पहिचान नखुलेपछि प्रहरी टोलीले शव उठाएको थिएन। पछि गुर्भाकोट नगरपालिका–६ बाट आएका आफन्तले शव प्रेमा ओलीको भएको पुष्टि गरेका हुन्।

 घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले बताएको छ। अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको केनाई टोलीसमेत झिकाइएको छ। शवको प्रकृति हेर्दा घटनामा शंका गर्ने पर्याप्त आधार रहेको प्रहरीले जनाएको छ।

डिएसपी बुढाथापा भन्छन्, “अनुसन्धान सुरु भइसकेको छ। घटनास्थलको मुचुल्का तयार गरी शव मेहेलकुना वा प्रदेश अस्पतालमा पोष्टमार्टमका लागि पठाउनेबारे छलफल हुँदैछ।”
दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न आफन्तले माग गरेका छन।