Gold
Bangad salyan

बिहेको भोज खादा सय जना भन्दा बढी बिरामि

बैशाख २९

जनकपुरधाम –  बिहेको भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय जना भन्दा बढी बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो ।

स्वयम्बर सकिए लगतै खाजामा रसबरि, बुनियाँ, लगायतका मिठाइ खुवाइएको थियो ।

खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले बताए ।

उनका अनुसार खाजामा प्वाईजन मिसावट हुनसक्ने बताईएको छ । बिहेमा प्रयोग गरिएको खाजाको परिक्षण हुँदै छ उनले भने ।