काङ्ग्रेस नेता पूर्वमन्त्री मोहन बस्नेतविरुद्द तीन अर्ब भ्रष्टाचारको मुद्दा दायर
बैशाख ३१
काठमान्डौ – नेपाली काङ्ग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतको सांसद पद निलम्बनमा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको आरोपमा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरूमाथि ३ अर्ब २१ करोडभन्दा बढी बिगो माग गरिएको छ।

