Gold
Bangad salyan

हुम्लामा तालको पानी बाहिर आएर बगेपछि प्राधिकरणको टोलि हुम्लातर्फ

काठमान्डौ – हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा आएको बाढीको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार डिभिजन इन्जिनियर सुशील श्रेष्ठ नेतृत्वमा भूगर्भविद्, जलस्रोतविद्सहितको पाँच सदस्यीय टोली हिजो नेपालगञ्ज पुगेको हो।

टोली आज हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ । त्यसपछि पैदल हिडेर नाम्खा जनाईएको छ।

गएको बिहीवार तिलगाउँभन्दा साढे तीन किलोमिटर माथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढीमा परिणत भएको प्रारम्भिक विवरण आइसकेको छ ।

तर, तालबाट किन र कसरी ठूलो मात्रामा पानी बाहिर आएर बाढी आयो त्यस्ले  भोलीका दिनमा के–कस्ता जोखिम छ भनेर अध्ययन गर्न टोली गएको प्रवक्ता केसीले बताए ।

यसैबीच बाढी प्रभावित १८ परिवारका ३२ जनालाई अझैसम्म राहत सामग्री पुगेको छैन । उनीहरु  हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहे पनि घरबाटै खानेकुरा लिएर आउनुपर्ने बाध्यता छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पालिकाको अगुवाइमा वितरण गर्ने गरी चामल, नुन, तेल, मैदा, चिउरा, चिनी, चियापत्तीलगायत अति आवश्यक खाद्यान्न घोडा, खच्चर र मान्छेले बोकेर लगेका र आज त्यहाँ पुगेपछि वितरण गरिने बताए । जेठ् ७