सुशासनको नक्कली गफको शासनमा कुशासनको श्रृंखलामा अर्को कृत्यः भिम रावल
काठमान्डौ – पुर्व गृहमन्त्री तत्कालिन नेकपा एमालेका नेता भिम रावलले प्रदेशका गहमन्त्रीले पैसा खाएर नेपाली युवालाई जापान पठाएको बताएका छन।
उक्त युवालाई विमानस्थलबाटै जापानले फर्काईदिएपछि नेपालको ठूलो बेजत समेत भएको उनले बताए ।तर गृहमन्त्रीलाई कार्वाई भएन रावलले भने ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा पैसा खाएर नेपालीलाई विदेश पठाउने गृहका सहसचिव पक्राउ पर्नुका साथै त्यसमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको भन्ने छ। यसले गृहमन्त्री माथि समेत प्रश्न उठेको छ।
निज गृहमन्त्री पदमा रहेर निष्पक्ष र स्वतन्त्र छानबीन हुनसक्ने स्थिति छैन। यति गम्भीर विषयमा निष्पक्ष र स्वतन्त्र छानबीन गरी दोषीलाई कडा कार्वाई हुनुपर्ने रावलको भनाई छ।
यति हदसम्म देशका विरूद्ध कुकर्म गर्नसक्ने कस्तो सुशासन रहेको भन्दै रावलले प्रश्न समेत गरेका छन। जेठ ११

