रहेनन नक्कली प्रचण्ड
जेठ २०
काठमान्डौ – नक्कली प्रचण्डको रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको मृत्यु भएको छ।
काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा हिजो रातको १२ बजे उनको मृत्यु भएको परिवार श्रोतले जनाएको छ।
उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए। पटकपटक उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन।
गौतमले श्रीमती कै साहारामा अस्पतालमा उपचार गराइरहेका थिए । उपचार खर्च जुटाउन सकेका उनले सहयोगको अपिल गरेका थिए ।
तर भने जस्तो सहयोग उनले जुटाउन नसकि उपचारमा कमि भएपछि उनको मृत्यु भएको हो।
मेरी बास्सै हास्य टेलिसिरियलमा प्रचण्डको रोलबाट परिचित थिए।
गाईजात्राहरूमा पनि उनको सहभागिता हुने गर्दथ्यो। उनको आज बिहानै पशुपति आर्यघाटमा दाहसस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

