माधवकुमार नेपालविरुद्द भ्रस्टाचार मुद्दा दायर नेपालको सांसद पद निलम्बन
काठमान्डौ – एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा दायर भएको छ।
भ्रस्टाचार मुद्दा दायर भएसङै अध्यक्ष नेपालको सांसद पद निलम्बनमा परेको छ।
यता एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन ।
‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्यो उनले भने ।
अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो । यस्तै पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए । जेठ् २२

