Gold
Bangad salyan

करोड कमाउन करोड लगानी बोरा बोकेर नेपाल फिर्ता

काठमान्डौ – अमेरिकाले डिपोर्ट गरेका नेपाली नागरिकहरु बोरा बोकेर घर फर्केका छन। ठूलो सपना बोकेर तल्लोबाटो हुँदै अमेरिका पसेका उनीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको हो।

अमेरिकाबाट हिजो डिपोर्ट भएर नेपाल फर्किनेहरूका धेरै जना दाङ, पूर्वी रुकुम, पश्चिम रुकुमका छन्। तिनले ८० लाख देखि १ करोड ४० लाख सम्म दलाललाई दिएर गएको जनाईएको छ।

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । प्रवक्ता न्यौपानेले, ‘हाम्रो इमिग्रेसनमा आउँदा सामान्य थिए, विमानमा के थियो थाहा हुने कुरा भएन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् । जेठ २८