Gold
Bangad salyan

सुनसरीमा एक किशोरीमाथी गोलि प्रहार गरि हत्या आफ्नै भिनाजु भएको खुल्यो

असार ३०

विराटनगर । सुनसरीमा एक किशोरीमाथी गोलि प्रहार भएको छ। हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको हो ।

हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् ।घटना भएको स्थान भारत नजिकै पर्छ ,उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।