Gold
Bangad salyan

रास्वपाको फेरि यता ठगी धन्दा ५९ लाख उठाएर १३ लाख बेरुजु

साउन २

काठमान्डौ – रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोध विरुद्ध जारी हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको रास्वपाले जनाएको छ।

अभियानका लागि ४६ लाख १२ हजार रुपैयाँभन्दा बढी सहयोग संकलन भए पनि खर्च ५९ लाख ६७ हजार नाघेकाले १३ लाख ५४ हजार घाटा भएको संयोजक दीपक बोहराले साउन १ गतेको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन।

हालसम्मकाे खर्च:
१. छपाई- १७,२०,०००
२. प्रचार-प्रसार/फ्लेक्स/ बुथ निर्माण: ३,८०,०००
३. अन्य व्यवस्थापन: ७,४५,०००
४. विविध: ८७,०००
५. भुक्तानी गर्न बाँकी: (१० लाख अपील, १ लाख हस्ताक्षर फारम र अन्य): ३०,३५,०००
हालसम्म खर्च भएकाे जम्मा रकम: ५९,६७,०००
हालसम्म जम्मा भएकाे सहयाेग रकम: ४६,१२,६३७
– आम्दानी भन्दा खर्च बढि छ। अहिलसम्म १३,५४,४८६ घाटा छ।