Gold
Bangad salyan

मौसमविदले पानी पर्छ भन्दा परेन मकै बाली सुकेर नस्ट किसान आक्रोसित

साउन १०

सल्यान – यो बर्ष पानी नपर्दा सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा न ११  वालुवा सङ्ग्रहिमा किसानको मकै बालि सुकेर नस्ट भएको छ।

नगरपालिकाका विभिन्न वडामा लगाईएको मकै बाली सुकेर नस्ट भएपछि किसान दुखित भएका छन। घामले मकैको पात मात्र नभै डाठ समेत सुकेर गएपछि बर्ष देशमा भोकमारी पर्ने देखिएको छ।

मकै फल्ने बेला सुकेर जान थाले पछि विभिन्न जिल्लाका किसानहरु चिन्तित छन। यस्तै तराईमा पानी नपर्दा हाल सम्म किसानले धान बाली लगाउन सकेका छैन्न। तराईको अन्न भन्डार नै धरापमा परे पछि सरकारले संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ।

यो बर्ष मौसमविदले अत्यधिक पानी पर्ने पुर्वअनुमान समेत गरेका थिए । तर पानी नपरे पछि किसानहरु आक्रोसित भएका छन।
मानविय गतिविधिका कारण वातावरणमा असन्तुलन पैदा भयर पर्याप्त पानि नपर्दा सुख्खा, खडेरीले मकै लगायतको बालि सुकेको देखिन्छ ।