सिन्धुलीमा एकै परिवारका १६ जना अचानक वेपत्ता के भयो यस्तो
साउन १२
काठमान्डौ – सिन्धुलीको गोलन्जर गाउँपालिकाका एकै परिवारका १६ जना सदस्य रहस्यमयरूपमा सम्पर्कविहीन भएका छन् ।
गोलन्जर गाउँपालिका, ६ कि उर्मिला हायुको परिवारका १६ सदस्य रहस्यमयरूपमा बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सूत्र न्युजलाई जानकारी दिए ।
जंगलको बिचमा घर भएको र कहिलेबाट सम्पर्कविहीन भए भन्ने नखुलेको उनले बताए ।
शुक्रबार वा शनिबारबाट उनीहरु सम्पर्कविहीन भएको अनुमान गरिएको छ तर स्थानीयले सोमबार मात्र थाहा पाएका छन । यस्तै अहिले उक्त घरमा प्रहरी पुगेर अनुसंधान गरिएको पनि अध्यक्षले बताए ।
हायु सीमान्तकृत समुदायमा पर्छ । राज्यले उनीहरुलाई जनही मासिक ४ हजारका दरले भत्ता उपलब्ध गराउने गरेको छ । उनीहरु १६ जनाले ३ महिनाको १ लाख ९२ हजार भत्ता बुझेका थिए ।
त्यसपछि उनीहरु बेपत्ता भएका हुन्। अध्यक्ष बरालका अनुसार ‘उनीहरु कतै गएका हुन् वा केही भएको हो, यसबारे बुझ्ने काम भइरहेको छ । उनीहरुको खोजी भइरहेको छ ।

