Gold
Bangad salyan

माओवादी केन्द्रको पार्टी भित्र गुट अन्त्य गर्ने जिवन्त प्रस्ताव पारित

काठमान्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी जिवन्त रहने र गुटहरु को अन्त्य गर्ने सामूहिक संकल्प प्रस्ताव पारित गरेको छ।

२०८२ साउन १६ देखि शुरू भएको नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठक ४ दिन सम्म चलेको थियो।

बैठकले पार्टीको एकतामा जोड दिएको छ र छलफलको स्वतन्त्रता  कामकारबाहीमा एकरूपताको मान्यतालाई सबैले अवलम्बन गर्नु पर्ने आवश्यकता औँल्याएको छ ।

बैठकले निजी स्वार्थ केन्द्रित पार्टी हित विरोधी स्वार्थ समूह वा  गुटहरु को अन्त्य गर्ने सामूहिक संकल्प पनि गरेको छ ।

प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक आर्थिक रुपान्तरण र सामाजिक न्याय सहितको समृद्धि को आजको प्रमुख राष्ट्रिय कार्यभार पूरा गर्न हाम्रो पार्टीको नेतृत्व आवश्यक रहेको र उक्त  ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रुपान्तरण एवं पुनर्गठनको प्रक्रियालाई अझ  जोड दिएर अघि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।

क • विप्लव सी ले नेतृत्व गर्नु भएको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिहरू सँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने र समाजवादी मोर्चाको सुदृढीकरण एवं विस्तारमा पनि प्रयत्न गर्ने निर्णय गरिएको छ ।

यस बीचमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरुको समेत समीक्षा गरेको छ।

वर्षाको कारणबाट स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई  भाद्रको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने पनि निर्णय गरेको छ।

साथै यस वर्षको दशैँ पछि केन्द्रीय समितिको बैठक बस्ने र राष्ट्रिय महाधिवेशनको टुंगो समेत सो केन्द्रित समितिको बैठकबाट लिने निर्णय गरेको छ।
यस्ता छन निर्णय ,

१. क्रान्तिका सहिदहरूप्रति श्रद्धाञ्जली र सम्मान

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात सहिदहरू, वेपत्ता योद्धा तथा अपाङ्ग योद्धाहरूप्रति गहिरो श्रद्धा र सम्मान।

२. तराई–मधेसको पानी संकट र किसानको पीडा

चुरे दोहन, जलस्रोतको उपेक्षा, वन अतिक्रमणले उत्पन्न खडेरी संकटप्रति गहिरो चिन्ता; किसानलाई राहत र दीर्घकालीन योजना निर्माणको माग।

३. मूल्यवृद्धि र कालोबजारी नियन्त्रणको माग

चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुमा अनियन्त्रित मूल्यवृद्धि र सीमा क्षेत्रमा नागरिकप्रति दुव्र्यवहार बन्द गर्न सरकारलाई आग्रह।

४. विद्यालय शिक्षा विधेयक पारित गर्न दबाव

शिक्षक महासंघसँगको सहमति कार्यान्वयनसहित शिक्षा र प्रहरीसम्बन्धी विधेयक अविलम्ब पास गर्न आग्रह।

५. सहकारी ठगमाथि कारबाही र पीडितलाई राहतको माग

६. प्यालेस्टाइनमाथिको हमलाको भत्र्सना, नेपालीको सुरक्षामा जोड

७. बाढी पीडित, भूकम्प क्षेत्र र विपद् पुनर्निर्माणमा राज्यको ध्यानाकर्षण

८. मल, बिउ अभावप्रति आपत्ति र कृषिमा सुधारको माग

९. भ्रष्टाचार, भूमाफिया र सुशासनसम्बन्धी  गम्भीर चेतावनी

१०. दलित, महिला, श्रमिक तथा किसानका हक र अधिकारमा कडाइका साथ जोड

दलितप्रति भइरहेको विभेद, उखु र दुग्ध किसानको समस्यालगायत विषयमा सरकारको तुरुन्त ध्यानाकर्षण।

११. विद्युत, उच्च शिक्षा, संवैधानिक निकाय र स्टार्टअप बजेटमा सुधारको माग

१२. संवैधानिक प्रक्रिया, संसदप्रति हस्तक्षेप र जनविरोधी कार्यप्रति कडा आपत्ति
पार्टीको स्थायी समितिले समसामयिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण २६ बुँदाहरूमा आधारित राजनीतिक प्रस्ताव पारित गर्दै, सरकारलाई जिम्मेवार र जवाफदेही बन्न र जनताको जीवनस्तर सुधारतर्फ तत्काल ठोस कदम चाल्न जोडदार आग्रह गरेको छ। साउन १९