Gold
Bangad salyan

बहु विवाह गर्ने कानुन खारेज गर्न अन्शन बसेकी बिनु भन्छिन म यहि मर्छु

काठमान्डौ – बहु विवाह गर्न पाउने कानुन रोक्न बिनु यादव माईतीघर मन्डलामा अन्सन बसेकी छिन।

रामेछापमा विवाह भएकि उनी विगत एक हप्तादेखि माईतीघर मन्डलामा अन्सनरत छिन। उनले सरकारले बनाएको मस्यौदा खारेज नभएसम्म नफर्किने प्रतिबद्धता भएको जनाईन।

उनले आफू मरेपनि कात्रो नखोज्ने र लगाएको सारीकै कात्रो बनाएर समेत आएको बताईन। सदियौ देखि महिलाहरुलाई थिच्दै आएको नेपालमा अहिले सम्म पनि महिला पिडित रहेको उनको भनाई छ।

अझै पनि महिलाहरुलाई दास सम्झने सरकारलाई चुनौती छ यो मस्यौदा खारेज होस उनले भनिन। यस्तै उनको स्वास्थ अवस्था बिगृदै गएको पाईएको छ। पानी पनि नखाएर अन्सन बसेकी उनलाई धेरैले सुझाव दिदा पनि बिनुले आफू मर्ने तर पानी नखाने बताईन।

माईतीघरमा आमरन अन्सन बनाएको पलास्स्टिकमा उनी बस्ने गरेकी छिन । अहिले उनलाई विभिन्न निकाय समुहका महिला पुरुषले साथ दिने गरेका छन। सरकारले नेपालमा बहुविवाह गर्न पाउने काउनु ल्याउन लागेको मस्यौदा तयार पारेको भन्ने समाचार बाहिरीएको छ। साउन २०