Gold
Bangad salyan

सल्यान कालिमाटीमा बाघको आक्रमणमा परि महिलाको ज्यान गयो

पुष २५

सल्यान – सल्यानको कालिमाटीमा बाघको आक्रमणमा परेर एक जना महिलाको मृत्युु भएको छ।

कालिमेटी गाउँपालिका ७ घुईयाबारी बस्ने वर्ष ४२ कि धनसरी रावत दाउरा काट्न जंगलमा गएको बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो। बाघले उनको आधा भाग नै खाईसकेको पाईएको छ।

दुई दिन अगाडि मात्र गेरुवानीमा एकजना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

बाघको आक्रमणले मान्छेको मृत्युु भएपछि स्थानीयले निकुञ्ज हटाउनु पर्ने माग राखेका छन।बस्तीलाई सुरक्षित योजना सरकारले ल्याउनुपर्ने अन्यथा  निकुञ्ज खारेज गर्नुपर्ने स्थानीयको माग छ।