Gold
Bangad salyan

सप्तकोशी नदीमा बाढी ५०० सय भन्दा बढी घर डुबानमा ,,

भदौ १२ ,सप्तरी– गएराति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका ३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् ।

बाढीले घरहरु डुबानका साथै झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो ।बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ । डुबानमा परेका बस्तिलाई उद्दार गरि भारदह,कुनोली सडक खण्डमा बसालिएको छ । डुबानमा लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ । भने स्थानिए लाई हिड डुल गर्न सास्ती भएको छ ।