Gold
Bangad salyan

काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी भएर नस्ट

माघ २९

काठमान्डौ – काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी भएर नस्ट भएको छ।

कपिलवस्तुमा गुडिरहेको बस हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो ।

बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको बताए । उनले घटनामा कुनै मानवीय क्षति नभएको बताए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।