Gold
Bangad salyan

धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्याल सोमबार दिउँसो कलंकीस्थित नेपाल नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइते भेट्न पुगेका हुन् ।

हिजो राति करिब १ बजे पोखराबाट काठमान्डौ हिडेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका ५ भैंसिगौडास्थित त्रिशूली नदीमा बस दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।फाल्गुन ११