प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमान्डौ -प्रधानमन्त्री बालेन्द्र बालेन शाहले आज सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
६ पूर्व प्रधानमन्त्री सहित ४६ उच्च पदस्थकाे पक्राउ पूर्जी तयार गरेर त्यसको पूर्व तयारी स्वरुप बैठक बाेलाईएकाे छ । सबैमा सम्पत्ति सुद्विकरण र नीतिगत भ्रष्टाचारमा अनुशन्धान गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
साथै प्रशासनिक सुधार, सुशासन र नागरिक सेवा प्रवाहका मुख्य विषयहरूमापनि छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहले बैठक अघि हिजो (आइतबार) विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए।
हिजोको छलफलमा उनले मन्त्रालयका विद्यमान समस्या, आगामी कार्ययोजना र बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए।
मन्त्रीहरूसँगको सोही परामर्शका आधारमा आजको बैठकमा केही महत्वपूर्ण नीतिगत निर्णयहरू हुन सक्ने अपेक्षा गरिएको छ।
विशेषगरी ‘जेन–जी’ आन्दोलनपछिको परिस्थिति, सार्वजनिक सेवाको सरलीकरण र देशको पछिल्लो आर्थिक अवस्थाबारे आजको मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै एक्सनमा उत्रिएका शाहले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै आएका छन्। चैत १६

