चट्याङ लागेर एक जनाको मृत्यु
चैत १८
काठमान्डौ – चट्याङ लागेर एक जनाको मृत्युु भएको छ भने एक जना घाईते भएका छन ।
मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

