Gold
Bangad salyan

इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमान्डौ – इन्डोनेसियाको मोलुका टापु नजिकै आज शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको समेत जोखिम बढाएको छ । त्यहाको समाचार अनुसार भवनको भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको मृत्यु भएको छ भने थप विवरण आउन बाँकी छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् ।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ । चैत १९