भक्तपुरबाट एकैदिन ६० जना पक्राउ
चैत २२
भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले स्विप अपरेसन मार्फत हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले विभिन्न ठाउँबाट ६० जना पक्राउ परेका जानकारी दिए । जिल्लाका दुई वटा प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन शुरु गरिएको उनको भनाई छ।
सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, विभिन्न ठाउँमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायतको गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

