पाटनमा मन्दीरमा चक्कु प्रहार गरि दाजु भाईको हत्या
चैत २६
ललितपुर – ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरुलाई सन्जिव नेपालीले चक्कु प्रहार गरेको खुलेको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो ।
उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटिले बताए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ भने थप अनुसंधान भैरहेको छ।

