Gold
Bangad salyan

प्रतिनिधिसभाको उपसभामुख पदमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमान्डौ – प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।

रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्प्रधा गरेको थियो। नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएको छैन ।

आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरेका थिए । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना सांसद तटस्थ बसेका थिए । चैत २७