Gold
Bangad salyan

निर्मलाका आमा बुवा न्याय मागदै काठमाण्डौ आईपुगे ,,

भदौ , २६ काठमाण्डौ – गत साउन १० गते बलात्कार पछि हत्या गरिएकि निर्मला पन्तका आम बुवा न्याय मागदै काठमान्डौ आयका छन्।
वास्तविक हत्यारालाई पक्राउ गरि कारबाही गर्नु पर्छ भनि स्थानिले आन्दोलन गर्दा प्रसासनले गोलि चलाएको थियो। जसबाट एक जना बालक को मृतु भएको थियो । सरकार पक्षबाट अहिले सम्म दोषीलाई कारबाही नगरेको हुँदा भोलि प्रधानमन्त्री , रास्ट्रपति , प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर, छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप सिंह विष्टसँगै बम दिदीबहिनी छुटेका छन् ।

छानबिन समितिले नै राजिनामा दि एपछि वास्तविक हत्यारा पक्राउ पर्नेमा शंका लागेर उनीहरु काठमान्डौ आएका हुन्। निर्मलाका आमाबुबासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन्,। ‘छानविन समितिकै सदस्यले राजीनामा दिएपछि ‘भीआईजी’ हत्यारा पक्राउ पर्दैन कि भन्ने लाग्यो ? त्यसैले न्याय माग्न उहाँहरु काठमाडौं आउनु भएको हो । पहिले ज्ञापन पत्र बुझाउछौ। जवाफमा अगाडी बढ्छौ वेवास्ता गरे धर्ना बस्न तयार छौ शारदाले भनिन।