Gold
Bangad salyan

सम्झनाको परिवारलाई थप ३ लाख दोषीलाई कारबाही गर्न १५ दिनको अल्टिमेटम ,,

असोज ९ जनकपुरधाम – प्रदेश २ सरकारले एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्झनाको निधनप्रति दुःख व्यक्त गर्दै ३ लाख क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । राउतले बेटी बचाऊ, बेटी पढाऊ योजनाअन्तर्गत उक्त रकम दिन लागिएको मंगलबार एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । यसअघि प्रदेश सरकारले सम्झनाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले उपचाररत सुस्मिता दासको उपचारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । १५ वर्षीया सुस्मीता हाल उपचाररत छिन् । एसीड आक्रमणको छानबिन गरी दोषीमाथि कडा करबाही गर्न मुख्यमन्त्रि राउतले जानकारी गरेका छन्। भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् ।