Gold
Bangad salyan

देउवाविरुद्ध पार्टी कांग्रेस कार्यालयमा विद्यार्थीको नाराबाजी ,,

मंगसिर १ , काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेको छ।नेविसंघको केन्द्रीय कार्यसमिति खारेजी र म्याद थपको विषयमा दुर्इपक्षबीच विवाद बढेपछि विद्यर्थीले नाराजुलुस गरेका हुन्।दुर्इ पक्षबीच विवाद चर्किएपछि विद्यार्थीले यसको आरोप मुल नेतृत्वलार्इ लगाएको नेविसंघ महामन्त्री कुन्दन काफ्ले जानकारी दिए।

 

‘नेविसंघ केन्द्रीय कार्यसमितिलार्इ खारेज गर्नुपर्ने माग एकथरी विद्यार्थी साथीले राख्नुभएको छ भने अर्कोथरीले कार्यसमितिको र म्याद थप गर्नुपर्ने माग राख्नुभएको छ’, महामन्त्री काफ्लेले भने, ‘यही कुरामा विवाद छ। पार्टी नेतृत्वका कारण नेविसंघ विवादमा फसेको आरोप साथीहरुले लगाएका छन्।पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवा प्रवेश गरेपछि चर्को नाराबाजी सुरु हुँदा नेविसंघका दुर्इपक्षबीच झडप समेत भयको छ ।प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो।