Gold
Bangad salyan

वडा सचिब घुस सहित पक्राउ ,,

पुस ९ ,बुटवल – बुटवल उपमहानगरका वडासचिव घुससहित अख्तियारको नियन्त्रणमा परेका छन्। वडा नम्बर १३ का सचिव भरत काउचालाई अख्तियार बुटवलले पक्राउ गरेका हो।

सेवग्राहीबाट ५ हजार घुस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ।बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार जनाएको छ। काउचलाई नियन्त्रणमा लिएर छानबिन भईरहेको छ ।