नागरिकताको सिफारी लेख्दा मृत्य प्रमाणपत्रको सिफारिस ,,
पुस १७ ,जाजरकोट – नेपालि सरकार र नेपालि सरकारका कर्मचारी उस्तैकी ? भुल्चुक कि जानि बुझिकी, यो भने बुज्न सकीएको छैन। कुनै ब्याक्तिले कहिँ कतैबाट नेपालि नागरिकताको प्रमाणपत्र लिएको वा नलिएको, नाता सम्बन्ध सहितको बंशज खोलिएको सम्बन्धित वडा कार्यालयको सिफारिस जिल्ला प्रशासन कार्यालयले खोज्दै आएको छ ।
यसै क्रममा नलगाड नगरपालिका,५ को वडा कार्यालयले नेपाली नागरिकताको प्रमाण पत्रका लागि जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई गरेको सिफारिसमा मृत्यु प्रमाणितको सिफारिस गरेको छ । सिफारीसमा वडा अध्यक्ष केसव प्रशाद शर्माले सिफारी गरेको देखिन्छ ।
नलगाड नगरपालिका,५ का हंश बहादुर सिंहकी नातीनी, गोविन्द बहादुर सिंहकी छोरी,लक्ष्मी सिंहले नेपाली नागरिकताको प्रमाण पत्रको सिफारिस गरिपाउ भनि २०७५ साउन ६ गते दिएको निवेदन अनुसार ५ नम्बर वडा कार्यालयले २०७५ पुस ११ गतेको पत्र संख्या २०७५/०७६ चलानी नम्बर १३० रहेको नेपाली नागरिकताको लागि गरिएको सिफारिसमा मृत्यु प्रमाणितको बिषय राखिएको छ ।
केहिदिन अगाडी मात्र ईण्डोनेसीयामा आयको सुनामीमा परि मरेका हरुप्रति नेपाल सरकार पररास्ट्रमन्त्रालयले रास्ट्रपति विद्यादेवी भण्डारीको नामबाट पत्र पठाउदा पनि समवेदना लेख्दा सुभकामना लेखेको थियो ।तेस्तै घटना यँहा दोहोरिएको देखिन्छ।
सिफारिसको व्यहोरामा नेपाली नागकिताको पमाण पत्र उपलब्ध गराई दिन हुन सिफारिस गरिएको ब्यहोरा उल्लेख गरिएको भएतापनि सिफारिसको बिषयमा मृत्यु प्रमाणित लेखिएको छ ।
गत साउन महिना देखि नेपाली नागरिकताको प्रमाण पत्रको लागि खलङ्गा धाउन लागेकी लक्ष्मी सिंहले अझैपनि वडा कार्यालयवाट सिफारिस सच्याएर जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकताको प्रमाण पत्र पाएकि छैनिन।


